सपोर्ट लघुवित्तको साधारण सभा भोलि बस्दैं, यस्ता छन् एजेण्डा « Arthapath.com
३ चैत्र २०७९, शुक्रबार

सपोर्ट लघुवित्तको साधारण सभा भोलि बस्दैं, यस्ता छन् एजेण्डा



काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वार्षिक साधारण सभा भोलि (चैत ४ गते) बस्दैंछ । सभा दुर्गा पार्टी प्यालेस, इटहरी, सुनसरीमा विहान ९ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कम्पनीले प्रस्ताव गरेको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद लाभांश पारित गर्ने छ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७९।०८० को लागि लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै, सर्वसाधारण शेयरधनीहरूबाट प्रतिनिधित्व गर्ने २ जना संचालक निर्वाचन गर्ने र अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २१ गते बुक क्लोज गरेको हुदाँ फागुन १८ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्