सपोर्ट लघुवित्तको संचालकमा तारा देवी भट्टराई नियुक्त

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा तारा देवी भट्टराईलाई नियुक्त गरेको छ ।
कम्पनीको चैत ४ गते सम्पन्न भएको आठौं वार्षिक साधारण सभाबाट संस्था सर्वसाधारण सेयरधनी तर्फ रिक्त रहेको २ संचालक पद मध्ये १ संचालक पदमा भट्टराई निर्विरोध निर्वाचित गरेको हो ।