नयाँ सारथी लघुवित्तको साधारण सभा चैत २८ गते, लाभांश र मर्जर प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले १४औंं वार्षिक साधारण सभा चैत २८ गतेका लागि बोलाएको छ । सभा होटल जुगल मिरावल चोक धुलिखेल काभ्रेपलाञ्चोकमा दिउँसो १ बजे बस्ने गरी आव्हान गरेको हो ।
कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
सभाले विजय लघुवित्तसँग एक बराबर एक अनुपातमा मर्ज हुने, सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, मर्जरपश्चात विजय लघुवित्तको नामबाट कारोबार गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले चैत १५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने भएको हुदाँ चैत १४ गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन प्राप्त गर्ने सकिनेछ ।