मर्जर प्रस्ताव पारित गर्दै धौलागिरी लघुवित्तको विशेष साधारण सभा सम्पन्न « Arthapath.com
६ चैत्र २०७९, सोमबार

मर्जर प्रस्ताव पारित गर्दै धौलागिरी लघुवित्तको विशेष साधारण सभा सम्पन्न



काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सभा डिसिआरडिसिको सभाहल उपल्लाचौर बाग्लुङ नगरपालिका वडा न ४ मा सम्पन्न भएको हो ।

सभाले खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड बीच मर्जर गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको हो । मर्जर गर्ने सम्बन्धमा सम्पन्न समझदारीपत्र, सम्पत्ति, दायित्व र कारोबार मुल्याकन प्रतिवेदन, मर्जर गर्ने सम्बन्धमा गठित संयुक्त मर्जर समिति र संचालक समितिले गरेका निर्णय एवम् सो सम्बन्धमा भएको काम कारबाहि र खर्त अनुमोदन गरेको छ ।

खप्तड लघुवित्तको कार्यक्षेत्र सूदुरपश्चिम र धौलागिरी लघुवित्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको संस्था हो । दुई संस्थाबीच गाभ्ने गाभिने मर्जरसम्बन्धी समझदारी पत्रमा १८ मंसिरमा हस्ताक्षर भएको थियो । मर्जरमा जानका लागि नेपाल राष्ट्र बैंकले पुष १७ सैद्धान्तिक सहमति दिएको थियो ।

अन्तिम सम्झौता पत्रमा धौलागिरी लघुवित्त वित्तिय संस्थाले २४–२९ साउनसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्