समता घरेलु र स्वरोजगार लघुवित्त मर्जरमा जान बोर्डबाट पायो पूर्वस्वीकृति « Arthapath.com
६ चैत्र २०७९, सोमबार

समता घरेलु र स्वरोजगार लघुवित्त मर्जरमा जान बोर्डबाट पायो पूर्वस्वीकृति



काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले समता घरेलु लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थालाई एक आपसमा गाभिन पूर्वस्वीकृति प्रदान गरेको छ ।

फागुन ३० गते यी दुई कम्पनीलाई एक आपसमा गाभिन बोर्डले पूर्वस्वीकृति प्रदान गरेको हो । यी दुई लघुवित्तले पुगा १८ गते मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर ७ मा केन्द्रिय कार्यालय रहेको समता घरेलु लघुवित्त र बनेपा नगरपालिका वडा नम्बर ५ मा केन्द्रिय कार्यालय रहेको स्वरोजगार लघुवित्त एक हुन लागेका हुन । हाल समता घरेलु लघुवित्तको चुक्तापूँजी ३४ करोड २७ लाख ४४ हजार रहेको छ ।


प्रतिक्रिया दिनुहोस्