एक लघुवित्तको ११.५३ प्रतिशत लाभांश तपाईको खातामा आयो ? छैन भने यसो गर्नुहोस् « Arthapath.com
७ चैत्र २०७९, मंगलवार

एक लघुवित्तको ११.५३ प्रतिशत लाभांश तपाईको खातामा आयो ? छैन भने यसो गर्नुहोस्



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको ११.५३ प्रतिशत नगद लाभांश वितरण सुरु गरेको हो ।

कम्पनीले सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा उल्लिखित बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । कम्पनीले फागुन ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट यस वर्षको लाभांश पारित गरेको थियो ।

हालसम्म पनि बैंक खाता नम्बर हितग्राही खातामा अद्यावधिक नगराएका सदस्यहरूलाई यथासिघ्र गराउन समेत कम्पनीले भनेको छ ।


प्रतिक्रिया दिनुहोस्