जीवन विकास लघुवित्तको साधारण सभा चैत ३० गते, के के छन् एजेण्डा ? « Arthapath.com
९ चैत्र २०७९, बिहीबार

जीवन विकास लघुवित्तको साधारण सभा चैत ३० गते, के के छन् एजेण्डा ?



काठमाडौं । जीवन विकास लघुवित्त वितिय संस्थाको चौथो वार्षिक साधारण सभा बोलाएको छ । फागुन ९ गते बसेको सञ्चालक समितिको बैठकले सभा चैत ३० गते वित्तीय संस्थाको केन्द्रियकार्यालय, कटहरी, मोरङ्ग बस्न आव्हान गरेको छ।

आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने । आर्थिक वर्ष २०७८÷०७९ को वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तमा कायम रहेको चुक्तापूँजीको १४.२८५ प्रतिशतले बोनस शेयर र ०.७१४२ प्रतिशत नगद लाभांश (बोनस शेयरको कर प्रयोजनकालागि)वितरण गर्ने सम्बन्धी प्रस्ताव गरेको छ ।

लेखापरीक्षकको प्रतिवेदन आर्थिक वर्ष २०७८÷०७९ को वासलात, नाफा नोक्सानहिसाब र नगदको छलपल र सोसँग सम्बन्धित अनुसूचीहरु पारित गर्ने ।

साथै, लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने गर्ने, समझदारी पत्र मा हस्ताक्षर गर्ने, निजको पारिश्रमिक निर्धारण प्रचलित कानून तथा निर्देशनहरु अनुरुप अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु गराउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्