गुराँस लघुवित्तको बोनस सेयर सेयरधनीको खातामा जम्मा

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरधनीको खातामा जम्मा गर्ने सुरु गरेको छ ।
कम्पनीको पुष ३० गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनस सेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो । कम्पनीले पुष १९ गतेसम्म कायम सेयरधनीहरुको खातामा उक्त बोनस जम्मा गरेको हो ।