इन्फिनिटी लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै २ पदका लागि कर्मचारी मागेको हो ।
लघुवित्तले कनिष्ठ अधिकृत र कनिष्ठ सहायक (तालिमे) पदका केहि संख्यामा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता प्लसटू उत्तिर्णदेखि स्नातक तह उत्तिर्ण गरी बेंक तथा वित्तीय क्षेत्रमा अनुभवि कर्मचारी मागेको हो ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (चैत १० गते) ले १५ दिन भित्र कम्पनीको वेवसाइट https://infinitylbsl.com.np/career/ मार्फत आवेदन दिन सकिनेछ ।
