फेरी घट्यो जीवन विकास लघुवित्तको लाभांश, अब कति पाउछन् सेयरधनीले बोनस र नगद ? « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

फेरी घट्यो जीवन विकास लघुवित्तको लाभांश, अब कति पाउछन् सेयरधनीले बोनस र नगद ?



काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश दोस्रो पटक संशोधन भएको छ । कम्पनीले पहिलो पटक संशोधन गरी नेपाल राष्ट्र बैंकमा फागुन १९ गते पेश गरेको थियो ।

चैत ९ गते राष्ट्र बैंकले फेरी घटाउन निर्देशन दिए बमोजिम चैत ९ गते बसेको संचालक समितिको बैठकले १४.२८ प्रतिशत बोनस र ०.७१४ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेके हो ।

अब प्रस्तावित लाभांश आगामि वार्षिक साधारण सभाबाट पारित भए पछि मात्र सेयरधनीहरुलाई वितरण गर्ने छ ।

यसअघि, कम्पनीले पहिलो चोटी २८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ९.३६८४ नगद लाभांश प्रस्ताव गरेको थियो । तर राष्ट्र बैंकले संशोधन गरी २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७.१५ प्रतिशत नगद लाभांश गरी कुल ३३.१५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्