दुई लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत « Arthapath.com
१४ चैत्र २०७९, मंगलवार

दुई लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आर एम डी सी लघुवित्त र साधना लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ ।

आर एम डी सी लघुवित्तको ८ प्रतिशत बोनस बापत ६ लाख ४४ हजार १२४ रुपैयाँ ५९ कित्ता सेयर नेपसेमा सूचीकृत भएको छ ।

साथै, साधना लघुवित्तको १९ प्रतिशत बोनस सेयर बापत ६ लाद १० हजार ३ सय २८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीले गत आवको मुनाफाबाट आफ्नो सेयरधनीलाई प्रस्ताव गरेको लाभांश सूचीकृत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्