आजसम्म कायम सेयरधनीहरुले मात्र विजय लघुवित्तको लाभांश पाउने « Arthapath.com
१५ चैत्र २०७९, बुधबार

आजसम्म कायम सेयरधनीहरुले मात्र विजय लघुवित्तको लाभांश पाउने



काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत १५ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत १६ गते देखि २८ गते सम्म बुक क्लोज गर्ने भएको हुदाँ चैत १५ गते सम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सकिनेछ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले १०औं वार्षिक साधारण सभा चैत २८ गतेका लागि बोलाएको छ । सभा विजय विकास स्रोत केन्द्र गैडाकोट ८ नवलपरासीमा बिहान ११ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।

त्यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लेखापरिक्षण गर्नका लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै सभाले यस विजय लघुवित्त र नायाँ सारथी लघुवित्त सँग एक बराबर एक अनुपातमा मर्ज हुने, सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्