एनआइसी एशिया लघुवित्तको साधारण सभा बैशाख १० गते, यस्ता छन् एजेण्डा « Arthapath.com
१६ चैत्र २०७९, बिहीबार

एनआइसी एशिया लघुवित्तको साधारण सभा बैशाख १० गते, यस्ता छन् एजेण्डा



काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा बैशाख १० गतेका लागि बोलाएको छ । सभा होटल गजुर गगांलाल मार्ग भोटेपुल धरानमा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको १४.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) सभाले पारित गर्नेछ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ । साथै, संचालक नियुक्त गर्ने प्रस्तावलाई समेत अनुमोदन गर्ने कार्य सूची रहेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनी बैशाख १ गतेदेखि बैशाख १० गतेसम्म बुक क्लोज गर्ने भएको हुदाँ चैत ३० गतेसम्म कायम सेयरधनीहरुले मात्र सभा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्