आरएसडीसी लघुवित्तको संस्थापक सेयर किन्ने मौका, सर्वसाधारणले पनि आवेदन दिन पाउने « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

आरएसडीसी लघुवित्तको संस्थापक सेयर किन्ने मौका, सर्वसाधारणले पनि आवेदन दिन पाउने



काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्न लागेको छ । कम्पनीले संस्थापक सेयरधनी भुपेन्द्र ज्ञवालीको नाममा रहेको ४ हजार ९४० कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले यसअघि नै विद्यमान संस्थापकहरुलाई प्राथमिकतामा राखी सेयर बिक्रीमा ल्याएको थियो । तर, संस्थापकबाट कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुल गरेको हो ।

सो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक, अन्य योग्य व्यक्ति, कम्पनी, संंघ/संस्थाहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले ७ दिनभित्र कम्पनीको रजिष्ट्रर्ड कार्यालय तथा सेयर रजिष्ट्रार विओके क्यापिटलको कार्यालयमा आईपुग्ने गरि दिनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्