लाभांश पारितका लागि कहिले बस्दै छ एनएमबि लघुवित्तको साधारण सभा ? « Arthapath.com
१४ बैशाख २०८०, बिहीबार

लाभांश पारितका लागि कहिले बस्दै छ एनएमबि लघुवित्तको साधारण सभा ?



काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले १०औं वार्षिक साधारण सभा भोलि ९बैशाख १५ गते० बस्दैंछ । सभा सिटि स्क्वायर प्रालि न्यूरोड पोखरामा दिउँसो १२ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफबाट आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लेखापरिक्षणको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण पनि गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत १७ गते देखि २०८० बैशाख १५ गते सम्म बुक क्लोज गरेको हुदाँ चैत १६ गते सम्म कायम सेयरधनी साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्