सूर्योदय वोमी लघुवित्तको १ लाख २० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा « Arthapath.com
१५ बैशाख २०८०, शुक्रबार

सूर्योदय वोमी लघुवित्तको १ लाख २० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा



काठमाडौं । सूर्योदय वोमी लघुवित्तले सात जना सेयरधनीको १ लाख २० हजार कित्ता बढी सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले संस्थापक सेयर धनी अर्जुन कुमार पोखरेलको नाममा रहेको ८० हजार कित्ता, दोल राज सापकोटाको १२ हजार २ सय ९५ कित्ता, डेलनाथ पौडेलको ७ हजार ५ सय कित्ता, धर्म प्रसाद पौडेलको २ हजार कित्ता, सुमित्रा कुमारी लुंगेलीको ७ हजार ५ छ सय कित्ता, चुडामणि वाग्लेको ४ हजार र फणिन्द्र राज शर्माको नाममा रहेको ७ हजार कित्ता गरि कुल १ लाख २० हजार २९५ कित्ता संस्थापक सेयर बिक्री गर्ने लागेको हो ।

उक्त सेयर खरिदको लागि संस्थापक सेयर विद्यमान सेयरधनीहको आवेदन नपरेको हुँदा अन्य व्यक्ति वा संघसंस्थाले खरिद गर्ने सक्नेछन् । सो सेयरको बिक्री मूल्य भने उल्लेख गरेको छैन् । सेयर खरिदको लागि इच्छुक व्यक्तिहरुले आजको मितिबाट ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्