सेयरधनीको हात रित्तो बनाएको धौलागिरी लघुवित्तको यस्तो छ चौथो वार्षिक साधारण सभाको ‘माइन्युट’ « Arthapath.com
२० बैशाख २०८०, बुधबार

सेयरधनीको हात रित्तो बनाएको धौलागिरी लघुवित्तको यस्तो छ चौथो वार्षिक साधारण सभाको ‘माइन्युट’



काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा बैशाख १६ गतेका सम्पन्न भएको छ । सभा धौलागिरी सामुदायिक स्रोत्र विकास केन्द्र बाग्लुङको सभा हल बा।न।पा ४ उपल्लाचौरमा सम्पन्न भएको हो ।

कम्पनीले खप्तड लघुवित्तसँग गत मंसिर १८ गते मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता गरेको थियो । अब कम्पनीको नाम धौलागिरी लघुवित्त वित्तीय संस्था नै रहने सहमति बनेको छ । दुबै कम्पनीले सभामार्फत मर्जरका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले पारित गरेको छ ।

साथै गत आर्थिक वर्ष २०७८÷ ०७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू समेत सभाले पारित गर्नुका सातै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्