महिला लघुवित्तको अध्यक्ष कुवँरसहित चार जना संचालकको कार्यकाल थप « Arthapath.com
२४ बैशाख २०८०, आईतवार

महिला लघुवित्तको अध्यक्ष कुवँरसहित चार जना संचालकको कार्यकाल थप



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका चार जना संचालकको कार्यकाल थप भएको छ ।

कम्पनीको बैशाख २१ गते बसेको संचालक समिकिो बैठकले अध्यक्ष तारा कुवँर सहित संचालक इमान सिह गुरुङ, सुभाष जमरकटेल र माया भण्डारीको कार्यकाल थप भएको हो ।

चार जना कै कार्यकाल बैशाख ३० गते समाप्त हुने भएकाले संस्थाको छैठौं वार्षिक साधारण सभा नभएकासम्मका लागि कार्यकाल थप भएको हो ।


प्रतिक्रिया दिनुहोस्