आरएमडीसी लघुबित्तले दियो जोखिम ब्यवस्थापन तालिम « Arthapath.com
२४ बैशाख २०८०, आईतवार

आरएमडीसी लघुबित्तले दियो जोखिम ब्यवस्थापन तालिम



काठमाडौं । आरएमडीसी लघुबित्त बित्तीय संस्था शाखा कार्यालय, इटहरीको आयोजनामा जोखिम ब्यवस्थापन सम्बन्धी २ दिने तालिम गोकर्ण रिसोर्ट सुन्दरहरैचा, मोरङ्गमा सम्पन्न भएको छ ।

उक्त तालिम बैशाख १३ देखि १४ गते सम्म संचालन भएको थियो । तालिममा आरएमडीसीे इटहरी शाखाको कार्यक्षेत्र भित्र रहेका ३१ वटा सहकारी संस्थाका ३६ जना संस्थाका ब्यवस्थापक तथा ऋण हेर्ने कर्मचारीहरुको सहभागीता रहेको थियो ।

उक्त तालिम कार्यक्रमको संचालन शाखाका कर्मचारी दिनेश सिरुवालले गर्नु भएको थियो । त्यस्तै तालिम कार्यक्रमको अध्यक्षता आरएमडीसी लघुवित्त वित्तीय संस्था लि., का सुपरिवेक्षण तथा अनुपालना बिभागका बिभागीय प्रमुख भोला नाथ रेग्मीले गर्नु भएको थियो भने सहभागीहरुलाई स्वागत गर्दै ईटहरी शाखा कार्यालयका शाखा प्रबन्धक कृष्ण प्रसाद अधिकारीले तालिम आयोजनाको उद्देश्यबारे प्रष्ट पारे ।

उक्त तालिममा प्रशिक्षकको रुपमा आरएमडीसीका सुपरिवेक्षण तथा अनुपालना बिभागका बिभागीय प्रमुख भोला नाथ रेग्मीले भुमिका निर्वाहगरेका थिए । उनीहरुले कुनै पनि बित्तीय संस्थाको मुख्य आम्दानी भनेको ऋण लगानीबाट प्राप्त हुने ब्याज रहेको हुदा संस्थाले ऋण लगानी गर्दा बिशेष ध्यान दिनु पर्ने कुरा दर्शाउनु भएको थियो ।

प्रशिक्षकले सहकारी संस्थामा देखिने जोखिमका किसिम र तिनिहरुको न्यूनिकरणका चाल्नु पर्ने कदमको बारेमा प्रशिक्षण दिनु भएको थियो । त्यस्तै हाल नेपालमा देखिएको लघुवित्त संस्था र सहकारी संस्था प्रतिको नकारात्मक टिप्पणीले गर्दा सदस्यमा लगानी भएको ऋणको जोखिम बढेको अवस्थामा जोखिम न्यून गर्न संस्थाका संचालक र सदस्यहरु सदैब संस्थाका ऋणी सदस्यहरु संगको सामिप्यता नै मुख्य अस्त्र रहेको बताए ।

सहकारी संस्थाहरुले सहकारीका मुल्य मान्यता, राज्यले जारी गरेको ऐन, कानुन, नीति, नियमहरुको पालनामा जोड दिनु पर्ने, आन्तरिकरुपमा श्रृजना हुने संचालन जोखिमलाई न्यूनिकरण गर्नु पर्ने र बाह्य बातावरणबाट श्रृजना हुने जोखिमको लागि सदैब तयार हुनु पर्ने बताए । प्रशिक्षकले तालिमलाई सहभागीता मुलक बनाउन बिभिन्न विषयमा समूह कार्य पनि गराउनु भएको थियो । २ दिन सम्म चलेको उक्त तालिमको अन्त्यमा सहभागिहरुले आफुले तालिममा सिकेको कुरा व्यवहारमा उतार्ने वताएका थिए ।


प्रतिक्रिया दिनुहोस्