यस्तो छ एनएमबि लघुवित्तको १०औं वार्षिक साधारण सभाको ‘माइन्युट’ « Arthapath.com
२४ बैशाख २०८०, आईतवार

यस्तो छ एनएमबि लघुवित्तको १०औं वार्षिक साधारण सभाको ‘माइन्युट’



काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको १० औं बार्षिक साधारण सभा बैशाख १५ गते पोखरामा सम्पन भएको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट पेश गरेको आ.व. २०७८÷०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ । सभामा सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव समेत पारित भएको छ ।

साधारण सभामा संस्थाको रजिष्टर्ड (केन्द्रीय) कार्यालय रहने ठेगाना सम्वन्धी संस्थाको प्रवन्धपत्रको दफा २(१) र नियमावलीको नियम २ संशोधन गर्ने सम्बन्धि विशेष प्रस्ताव समेत पारित भएको छ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्य लघुवित्त वित्तीय संस्थासंग गाभ्ने÷गाभिने वा प्राप्ति सम्बन्धी प्रकृया अगाडी बढाउन उपयूक्त देखिएमा सो प्रयोजनका लागि समिति गठन गरी, मूल्यांङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने गाभ्ने÷गाभिने वा प्राप्ती सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने लगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव समेत पारित भएको कंपनी सचिव सुर्य थापाले बताएका छन ।


प्रतिक्रिया दिनुहोस्