मिर्मिरे लघुवित्तको मुख्य सूचक नै खस्कियो, कस्तो छ अवस्था ? « Arthapath.com
२७ बैशाख २०८०, बुधबार

मिर्मिरे लघुवित्तको मुख्य सूचक नै खस्कियो, कस्तो छ अवस्था ?



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नाफामा गिरावट आएको छ । कम्पनीको खुद नाफा ६३.८३ प्रतिशतले घटेको छ । कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवको चैत मसान्तसम्ममा १९ करोड २४ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । तर, यस वर्षको समिक्षा अवधिमा ६ करोड ९६ लाख १४ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ ।

कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफा लगायतमा गिरावट आएसंगै नाफा घटेको हो । चालु आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी २४ प्रतिशतले घटेर ३४ करोड ४३ लाख २३ हजार रुपैयाँ कायम भएको छ।

समिक्षा अवधिमा कम्पनीको संचालनमा नाफा पनि ६३.८३ प्रतिशतले घटेर ९ करोड ९४ लाख ४८ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको वितरणयोग्य नाफा ३ करोड ९३ लाख ६३ हजार रुपैयाँ छ ।

कम्पनीको खराब कर्जा पनि बढेको छ । गत आवको तेस्रो त्रैमासमा १.९४ प्रतिशत रहेको खराब कर्जा ४.९३ प्रतिशत पुगेको छ ।
कम्पनीको चुक्ता पुँजी ६५ करोड ३३ लाख ८२ हजार रुपैयाँ कायम भएको छ । कम्पनीले जगेडा तथा कोषमा भने ३ करोड ६१ लाख १९ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेर १४ रुपैयाँ २१ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ४० पैसा छ ।


प्रतिक्रिया दिनुहोस्