जाल्पा सामुदायिक लघुवित्तको लाभांशमा पनि राष्ट्र बैंकको कैचि, अब बोनस कति ? « Arthapath.com
२७ बैशाख २०८०, बुधबार

जाल्पा सामुदायिक लघुवित्तको लाभांशमा पनि राष्ट्र बैंकको कैचि, अब बोनस कति ?



काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कम्पनीले लाभांश संशोधन गरेको हो ।

कम्पनी १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०. ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस अघि कम्पनीले ७३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३.८४२१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

१५ प्रतिशत लाभांश वितरणपछि बाँकी सम्पूर्ण रकम मुनाफा कोषमा रहिरहने र सो कोषबाट आगामी आर्थिक वर्षहरूमा लाभांश वितरण गरिने जानकारी कम्पनीले दिएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।


प्रतिक्रिया दिनुहोस्