साना किसानको नाफा ५८ करोड माथि, वितरणयोग्य नाफामा लोभलाग्दो सुधार, प्रतिसेयर आम्दानी कति ? « Arthapath.com
२८ बैशाख २०८०, बिहीबार

साना किसानको नाफा ५८ करोड माथि, वितरणयोग्य नाफामा लोभलाग्दो सुधार, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको मुनाफामा सुधार आएको हो ।

चैत समान्तसम्मको अवधिमा कम्पनीको मुनाफा १६.९३ प्रतिशतले बढेर ५८ करोड ७६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ५० करोड २५ लाख १७ हजार रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद ब्याज आम्दानी २७.०३ प्रतिशतले बढेर १ अर्ब २२ करोड ३१ लाख ३९ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ९६ करोड २८ लाख ४२ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको संचालन नाफा १६.८६ प्रतिशतले बढेर ८३ करोड ७८ लाख ४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा ७१ करोड ६९ लाख २० हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी २६ प्रतिशतले बढेर १ अर्ब ९७ करोड ११ लाख ६१ हजार रुपैयाँ, जगेडा कोष ३३.११ प्रतिशतले बढेर १ अर्ब ९२ करोढ ५२ लाख ५७ हजार रुपैयाँ,वितरण योग्य नाफा १६.४६ प्रतिशतले बढेर ३६ करोड १२ लाख ७६ हजार रुपैयाँ र खराब कर्जा १.४२ प्रतिशत रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ ७७ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्