समिट लघुवित्तको साधारण सभा स्थगित

काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले साधारण सभा स्थगित गरेको छ ।
समिटले शुक्रबार (जेठ १२) एक सूचना जारी गर्दै विशेष कारण साधारण सभा स्थगित गरेको जानकारी दिएको छ । कम्पनीले साधारण सभा लागि अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको बताएको हो । कम्पनीले सभा स्थगित गर्नुको कारण भने खुलाएको छैन् ।
यसअघि सञ्चालक समितीको जेठ ८ गते बसेको बैठकले जेठ ३० गते अरनिको पार्टीप्यालेस बनेपा काभ्रेपलाञ्चोकमा बिहान साढे १० बजे बोलाएको थियो । सभा प्रयोजनका लागि जेठ १८ गते बुक क्लोज गर्ने भएको थियो ।