युनिक नेपाल लघुवित्तको एफपीओ १ करोड १६ लाख कित्ता माग « Arthapath.com
१४ जेष्ठ २०८०, आईतवार

युनिक नेपाल लघुवित्तको एफपीओ १ करोड १६ लाख कित्ता माग



काठमाडौं । युनिक नेपाल लघुवित्तको एफपीओमा १ करोड १६ लाख ६ हजार ८३० कित्ताका लागि आवेदन परेको छ । सीडीएसका अनुसार आइतबार साँझ ५ बजेसम्ममा कुल ९ लाख ८८ हजार ४५७ जना आवेदकले उक्त आवेदन दिएका हुन् ।

कम्पनीले जेठ ११ गतेदेखि जेठ ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको एफपीओ निष्कासन गरेको हो । कम्पनीले १ सय अंकित मूल्यमा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा जेठ १६ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ २५ गतेसम्म आवेदन दिने सकिनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीको एफपीओेमा लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्