दुई कम्पनीको सेयरमा सकिर्ट « Arthapath.com
१६ जेष्ठ २०८०, मंगलवार

दुई कम्पनीको सेयरमा सकिर्ट



काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार राताम्मै भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५३.१६ अंकले घटेर १८८८.६१ को बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७५ कम्पनीको ७० लाख ७४ हजार २५५ कित्ता सेयर किनबेच हुदाँ २ अर्व ३४ करोड १७ लाख ७७ हजार ८४४ रुपैयाँको कारोबार भएको छ ।

सोमबार दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, बिपिडब्लु लघुवित्तको सेयरमा सर्किट लागेको हो । आत्मनिर्भरको सेयर १० प्रतिशत अथवा प्रतिकित्ता १६५ रुपैयाँ ३० पैसाले बढेर १ हजार ८१८ रुपैयाँ ६० पैसा कायम रहेको छ । बिपिडब्लुको ९.९८ प्रतिशतले बढेको छ ।

साथै, गरिमा डिभेञ्चरको ४.०४ प्रतिश, जोशी हाइड्रोपावरको ३.९४ प्रतिशत, मेगा म्युचुअल फण्डको ३.३५ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्