जाल्पा सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Arthapath.com
२२ जेष्ठ २०८०, सोमबार

जाल्पा सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (जेठ २२ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २३ गते एक दिन बुक क्लोज गर्ने भएको हुदाँ जेठ २२ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्तगर्ने सक्नेछन् र।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले १४औं वार्षिक साधारण सभा असार ४ गतेका लागि बोलाएको छ । कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले द एसआर होटेल, तिलोत्तमा , रुपन्देहीमा विहान ९ बजे बस्ने गरी आव्हान गरेको हो ।

साथै, सभाले कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखारीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ । अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्