विन नेपाल लघुवित्तले बोलायो असार ११ गते साधारण सभा, सेयरधनीहरुको हात रित्तो « Arthapath.com
२२ जेष्ठ २०८०, सोमबार

विन नेपाल लघुवित्तले बोलायो असार ११ गते साधारण सभा, सेयरधनीहरुको हात रित्तो



काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ८औं वाषिक साधारण सभा असार ११ गतेका लागि बोलाएको छ । सभा फिस स्टेशन एण्ड रिसोर्ट, बनेपा, काभ्रेपलाञ्चोकमा विहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साथै, अन्य कुनै लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाको कार्य सूचीमा समावेश भएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ५ गतेदेखि असार १० गतेसम्म बुक क्लोज गर्ने भएको हुदाँ असार ४ गतेसम्म कायम सेयरधनीहरू मात्र कम्पनीको सभामा भाग लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्