संचालक चयन गर्दै उपकार लघुवित्तको साधारण सभा सम्पन्न

काठमाडौँ । उपकार लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा कोहलपुर स्थित होटल ट्रीटप ह्याभेनमा सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष शान्तिदेवी ढकालको अध्यक्षतामा एक भव्य कार्यक्रमका बीच सम्पन्न भएको हो । सभाबाट सञ्चालक समितिको प्रतिवेदन, आ.व. २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्तिका प्रस्तावहरु सर्वसम्मतिले पारित भएको छ ।
साथै सभाले संचालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट सि.ए. भगवती रेग्मी र सि.ए. निशा वाग्लेलाई निर्विरोध निर्वाचित समेत गरेको छ ।