ब्याज आम्दानी बढ्दा पनि दोहोरो अंकले घट्यो सिवाईसी नेपालको नाफा, कस्ता छन् मुख्य सूचकहरु ? « Arthapath.com
२५ माघ २०८०, बिहीबार

ब्याज आम्दानी बढ्दा पनि दोहोरो अंकले घट्यो सिवाईसी नेपालको नाफा, कस्ता छन् मुख्य सूचकहरु ?



काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको खुद नाफा दोहोरो अंकले घटेको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीको नाफा ११.६० प्रतिशत घटेको छ । गत आवको दोस्रो त्रैमासमा २ करोड ३८ ला ६५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । तर, यो वर्षको सोही अवधिमा भने कम्पनीको नाफा २ करोड १० लाख रुपैयाँमा सिमित भएको छ।
खुद नाफा घटेपनि कम्पनीको खुद ब्याज आम्दानी भने ८.५५ प्रतिशत बढेको छ । समिक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १३ करोड १८ लाख ८० हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको संचालन नाफा भने २६.९७ प्रतिशत घटेर २ करोड ४९ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको वितरणयोग्य नाफा १ करोड ४४ लाख रुपैयाँ छ ।

हाल कम्पनीको खराब कर्जा पनि ४.७७ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेर १५ रुपैयाँ ८४ पैसा कायम भएको छ । यता, प्रतिसेयर नेटवर्थ भने २१४ रुपैयाँ ३२ पैसा कायम भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ६४ लाख रुपैयाँ छ । कम्पनीले रिटन्ड अर्निङ तथा जगेडा कोषमा भने ३० करोड ४५ लाख रुपैयाँ राखेको छ ।

कम्पनीको निक्षेप सकलन ५.२१ प्रतिशत बढेर २ अर्ब २६ करोड ८० लाख रुपैयाँ कायम भएको छ भने कर्जा लगानी १०.६८ प्रतिशत बढेर ५ अर्ब ७२ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्