एकैदिन दुई लघुवित्तका सेयरधनी निराश, कुनै पनि लाभांश नदिने निर्णय
काठमाडौं । एकैदिन दुई लघुवित्त कम्पनीले आफ्ना सेयरधनीलाई निराश बनाएका छन् ।
निर्धन उत्थान लघुवित्त र युनिक नेपाल लघुवित्तले यो वर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेका हुन् ।
गत आर्थिक वर्षको मुनाफाबाट यी दुई कम्पनीले कुनै पनि लाभांश नबाँड्ने निर्णय गरेका हुन् । निर्धनको गत शुक्रबार र युनिक नेपालको शनिकार बसेको बैठकले लाभांश नदिने निर्णय गरेका हुन् ।