फेरि सस्तियो सुनचाँदीको भाउ, प्रतितोला कति घट्यो ?
काठमाडौं । सुनको भाउ केही घटेको छ । साताको पहिलो कारोबार दिन छापावाला सुनको भाउ तोलामा ४०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार १ लाख ५० हजार ९०० रुपैयाँमा किनबेच भएको थियो । तर, आज घटेर १ लाख ५० हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेको छ । गत शुक्रबार १ हजार ८४५ रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज भने घटेर १ हजार ८४० रुपैयाँ कायम भएको हो ।