उन्नती सहकार्य लघुवित्तका लगानीकर्ता निरन्तर निराश, यो वर्ष पनि लाभांश नदिने निर्णय « Arthapath.com
१९ मंसिर २०८१, बुधबार

उन्नती सहकार्य लघुवित्तका लगानीकर्ता निरन्तर निराश, यो वर्ष पनि लाभांश नदिने निर्णय



काठमाडौं । उन्नती सहकार्य लघुवित्तका लगानीकर्ता निरन्तर निराश बनेका छन् । कम्पनीले विगत तीन वर्षदेखि आफ्ना सेयरधनीको हात रित्तो बनाएको छ ।

यसअघि दुई वर्ष पनि लाभांश नदिएको कम्पनीले यो वर्ष पनि सेयरधनीको हात रित्तो बनाएको हो । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८–७९ देखि नै लाभांश दिएको छैन् ।

गत आवमा पनि कम्पनीले कुनै पनि लाभांश नदिने निर्णय गरेको थियो । हिजो अर्थात् मंसिर १८ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट पनि लाभांश नदिने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्