समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २४ गते बसेको संचालक समितिको बैठकले यो वर्ष ५.२५३१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३१ प्रतिशत नगद लाभांश दिने भएको हो ।
उक्त प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।