एकीकृत परिपत्र–२०७८ संशोधन : ई–भिसाको शुल्क अब डलर कार्डबाट तिर्न पाइने « Arthapath.com
२९ भाद्र २०७९, बुधबार

एकीकृत परिपत्र–२०७८ संशोधन : ई–भिसाको शुल्क अब डलर कार्डबाट तिर्न पाइने



काठमाडौं । राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ संशोधन गरेको छ । राष्ट्र बैंकले विदेशी विनियम कारोबार गर्न इजाजपत्र प्राप्त निकायलाई जारी एकीकृत परिपत्र संशोधन गरेको छ ।

संशोधित व्यवस्था अनुसार अब अमेरिकी डलरमा भुक्तानी गर्न मिल्ने कार्डमार्फत इलेक्ट्रोनिक भिसा (ई–भिसा) को शुल्क भुक्तानी गर्न पाउने भएका छन् ।

राष्ट्र बैंकले विदेशी विनियम कारोबार गर्न इजाजतपत्र प्राप्त वाणिज्य बैंक र ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र अन्य निकायलाई उक्त निर्देशन जारी गरेको हो ।

राष्ट्र बैंकद्वारा जारी परिपत्रमा भनिएको छ,-‘भिसा शुल्कबापत संकलित रकम त्यस्तो कार्डबाट भुक्तानी हुने गरि सिंधै विदेशी मुलुकका सरकारी निकायको तोकिएको परिवत्र्य विदेशी मुद्राको खाता वा सम्वन्धित देशको नेपालस्थित दुतावास/नियोगको तोकिएको परिवत्र्य विदेशी मुद्राको खातामा मात्र जम्मा हुनुपर्नेछ । सोका लागि भुक्तानी व्यवस्था स्पष्टरुपमा खुल्ने मुलुक वा नेपाल स्थित दुतावास/नियोगको पत्र समेत आवश्यक पर्नेछ ।’

यस्तो कार्डबाट अन्य कुनै पनि प्रयोजनका लागि भुक्तानी नुहने व्यवस्था, म्याद ई–भिसा प्रोसेसिज सम्वन्धी कार्यका लागि तोकिएको अवधिभन्दा बढी नहुने व्यवस्था हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्