१२ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ? « Arthapath.com
९ आश्विन २०७९, आईतवार

१२ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले असोज ११ गते ९१ दिने र १८२ दिने ट्रेजरी बिल गर्ने भएको हो ।

राष्ट्र बैंकले ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्नेछ । यो पुस १२ गते परिपक्क हुनेछ ।यस्तै, राष्ट्र बैंकले १८२ दिनका लागि ३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी भएको छ । यो ट्रेजरी बिल आगामी चैत १४ गते परिपक्व हुनेछन् ।


यी ट्रेजरी बिलको आज आइतबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्