राष्ट्र बैंकले भन्यो -‘अब विद्युतीय माध्यमबाट दक्षिणा दिने बानी बसालौँ’ « Arthapath.com
१० आश्विन २०७९, सोमबार

राष्ट्र बैंकले भन्यो -‘अब विद्युतीय माध्यमबाट दक्षिणा दिने बानी बसालौँ’



काठमाडौं । नेपाल राष्ट्र बैंकले वडा दशैं, तिहार लगायतका चाडपर्वमा नोटको जतन गर्न अनुरोध गरेको छ ।

एक सूचना निकाल्दै बैंले सकेसम्म विद्युतीय माध्यमबाट दक्षिणा दिने बानी बसाल्न अनुरोध गरेको छ । नोटमा केरमेट गर्ने, जलाउने, च्यात्ने वा नोटको आकृति विगार्ने कार्य दण्डीनीय रहेको बैंकले जनाएको छ ।

राष्ट्र बैंकले धार्मिक कार्यहरु, वार्षिक उत्सवहरु, दशैं, तिहार , पुजाआजा, जस्ता सामाजिक कार्यहरुमा दक्षिणाका रुपमा प्रयोग हुने अविर, केशरी, अक्षता लगायतको बस्तु प्रयोग नर्गन अनुरोध गरेको हो ।

राष्ट्र बैंकले भनेको छ,-‘सफा नोट सभ्याताको प्रतिक हो, नोटलाई जतन गर्नु हामी सबैको कर्तव्य हो ।’


प्रतिक्रिया दिनुहोस्