मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न आह्वान « Arthapath.com
२५ आश्विन २०७९, मंगलवार

मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न आह्वान



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकले ५६ करोड रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषको उक्त रकम मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो ।

केन्द्रीय बैंकले ’क’ वर्गका वाणिज्य बैंकमा ४४ करोड ८० लाख, ’ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ८ करोड ४० लाख र ’ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा २ करोड ८० लाख रुपैयाँ लगानी गर्ने भएको हो ।

उक्त लगानी रकम आउँदो २०७९ कात्तिक ३ गतेदेखि २०८० कात्तिक ४ गते ३६७ दिनको मुद्दति निक्षेपको रुपमा रहने बैंकले जनाएको छ ।

मुद्दति निक्षेपका रुपमा राख्न चाहाने बैंक तथा वित्तीय संस्थाहरुले रकम खुलाई असोज २४ गतेदेखि असोज २६ गते राती १२ बजेभित्र ब्याजदर प्रस्ताव पेश गर्नुपर्नेछ । ब्याजदर बैंकको इमेलमार्फत प्रस्ताव पेश गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्