१ अर्ब २२ करोड लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आव्हान « Arthapath.com
१४ मंसिर २०७९, बुधबार

१ अर्ब २२ करोड लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आव्हान



काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरुमा रहेको रकम लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले १ अर्ब ५३ करोड १५ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

केन्द्रीय बैंकले ’क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब २२ करोड ५३ लाख, ’ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा २२ करोड ९७ लाख र ’ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा ७ करोड ६५ लाख रुपैयाँ लगानी गर्ने भएको हो ।

उक्त लगानी रकम आउँदो पुस १ गतेदेखि २०८० मंसिर ३० गते ३६६ दिनको मुद्दति निक्षेपको रुपमा रहने बैंकले जनाएको छ ।

मुद्दति निक्षेपका रुपमा राख्न चाहाने बैंक तथा वित्तीय संस्थाहरुले रकम खुलाई मंसिर १८ गतेदेखि १९ गते राती १२ बजेभित्र ब्याजदर प्रस्ताव पेश गर्नुपर्नेछ । ब्याजदर बैंकको इमेलमार्फत प्रस्ताव पेश गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्