२० अर्ब ३ करोडले बचतमा शोधनान्तर स्थिति, चालु खाता ३५ अर्ब ४० करोडले घाटामा « Arthapath.com
२९ मंसिर २०७९, बिहीबार

२० अर्ब ३ करोडले बचतमा शोधनान्तर स्थिति, चालु खाता ३५ अर्ब ४० करोडले घाटामा



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को चार महिनामा शोधानान्तर स्थिति बचतमा देखिएको छ । चालु आवको कात्तिक मसान्तसम्ममा शोधानान्तर स्थिति २० अर्ब ३ करोड रुपैयाँ बचतमा देखिएको हो ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोड रुपैयाँले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १४ करोड ९६ लाखले बचतमा रहेको छ ।

सो अवधिमा चालु खाता ३५ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब २० अर्ब ९१ करोड रुपैयाँले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८६ करोड रुपैयाँले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २८ करोड रुपैयाँले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १८.१ प्रतिशतले वृद्धि भई २ अर्ब ९७ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४३ करोड रुपैयाँ आएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्ब ५२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ६३ करोड रुपैयाा प्राप्त भएको थियो ।


प्रतिक्रिया दिनुहोस्