राष्ट्र बैंकका गभर्नर अधिकारीले बुझे ४९ लाख बढी तलब भत्ता: डेपुटी गभर्नरद्वय ढुंगाना र मिश्रको कति ? « Arthapath.com
१२ पुष २०७९, मंगलवार

राष्ट्र बैंकका गभर्नर अधिकारीले बुझे ४९ लाख बढी तलब भत्ता: डेपुटी गभर्नरद्वय ढुंगाना र मिश्रको कति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले करिव ५० लाख रुपैयाँ तलब भत्ता बुझेका छन् ।

गभर्नर अधिकारीले गत आर्थिक वर्ष २०७८/७९ मा राष्ट्र बैंकबाट ४९ लाख ५ हजार २५५ रुपैयाँ तलब भत्ता लिएका हुन् । उनले तलब वापत १४ लाख १८ हजार ४०० सय रुपैयाँ बुझेका हुन् ।

उनले सञ्चालक समितिको बैठक भत्ता बापत ३ लाख ५ हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधा बापत ३१ लाख ८१ हजार ८५५ रुपैयाँ लिएका हुन् ।

गत आवमा राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगानाले तलब बापत १२ लाख ६९ हजार ६ सय, बैठक भत्ता२ लाख ७३ हजार र अन्य सुविधा तथा भत्ता बापत २७ लाख १७ हजार ५१३ रुपैयाँ बुझेकी छन् ।

यस्तै, डेपुटी गभर्नर बम बहादुर मिश्रले भने तलब बापत १२ लाख ६९ हजार ६ सय रुपैयाँ, बैठक भत्ता बापत २ लाख ९६ हजार र अन्य सुविधा तथा भत्ता बापत २६ लाख ३६ हजार ४१७ रुपैयाँ बुझेका छन् ।


प्रतिक्रिया दिनुहोस्