अब रेमिट्यान्स कम्पनीले पनि आईपीओ निष्काशन गर्न पाउने « Arthapath.com
१३ माघ २०७९, शुक्रबार

अब रेमिट्यान्स कम्पनीले पनि आईपीओ निष्काशन गर्न पाउने



काठमाडौं । अब विप्रेषण (रेमिट्यान्स) कम्पनीहरुले पनि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न सक्ने भएका छन् ।

शुक्रबार नेपाल राष्ट्र बैंकले जारी गरेको ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०७९’ ले यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले विप्रेषण विनियमावली २०६७ लाई खारेज गरेर विप्रेषण विनियमावली २०७९ जारी गरेको हो ।

नयाँ विनियमावली अनुसार विप्रेषण कम्पनीहरुले प्रचलित कानुनी व्यवस्थाहरुको अधीनमा रही पब्लिक लिमिटेड कम्पनीको रुपमा सर्वसाधारणलाई सेयर जारी सक्ने व्यवस्था गरेको छ ।


प्रतिक्रिया दिनुहोस्