अब ब्याजदर प्रकाशित गर्दा बैंक तथा वित्त संस्थाहरुमा लागू हुने छ यस्तो नयाँ नियम ! « Arthapath.com
२६ माघ २०७९, बिहीबार

अब ब्याजदर प्रकाशित गर्दा बैंक तथा वित्त संस्थाहरुमा लागू हुने छ यस्तो नयाँ नियम !



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अब ब्याजदर प्रकाशित गर्दा कुनै पनि किसिमको भ्रम सिर्जना हुने गरि प्रकाशित गर्नु पर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०७८ मा संशोधन/परिमार्जन तथा थप व्यस्था गर्दै बैंक तथा वित्तीय कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो ।

राष्ट्र बैंकले ब्याजदर प्रकाशन गर्दा ग्राहकमा कुनै किसिमको भ्रम सिर्जना नहुने गरी अनिवार्य रुपमा वार्षिक ब्याजदर प्रतिशत प्रकाशित गर्नु पर्ने व्यवस्था गरेको हो ।

निक्षेपमा दिने ब्याजदर मासिक रुपमा मात्र परिवर्तन गर्न सकिने छ । आगामी महिनाको लािग निक्षेपमा (स्वदेशी ता विदेशी मुद्रा) लागू हुने ब्याजदर सम्वन्धी सूचना नेपाली महिना सुरु हुनु पूर्व प्रकाशित गरिसक्नुपर्ने राष्ट्र बैंकले व्यवव्सथा गरेको छ ।

तर, राष्ट्र बैंकले तय गर्ने बैंक दर तथा नीतिगत दर परिवर्तन भएमा तत्काल ब्याजदर परिवर्तन गरि प्रकाशन गर्न सिकन. बताइएको छ ।

बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदर (सामाजिक सुरक्षा भत्ता वापतको रकममात्र जम्मा हुने व्यक्तिगत निक्षेप खाता, अक्षयकोष बापतको रकम जम्मा हुने मुद्दति निक्षेप खाता तथा विप्रेषण रकममात्र जम्मा हुने निक्षेपखाताबाहेक) को औसत तथा न्यूनतम ब्याजदर ( कलनिक्षेप बाहेक) को औसतमा बढीमा १० प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्न सक्नेछन् ।

यसरी ब्याजदर निर्धारण गर्दा कायमहुने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर यस निर्देशनले तोकेको सीमाभन्दा बढी हुन गएमा अधिकतम वा न्यूनतम मध्ये एक दर सोहीकायम गरी अन्य दरहरु समायोजन गर्नुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस्