पार्टीभित्रको विवादका वावजुद ओलीका ‘युवराज’ यसरी दोहोरीदैं « Arthapath.com
१८ भाद्र २०७७, बिहीबार

पार्टीभित्रको विवादका वावजुद ओलीका ‘युवराज’ यसरी दोहोरीदैं



काठमाडौं । अन्तत प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीमा डा. युवराज खतिवडालाईनै निरन्तरदा दिने भएका छन । ओलीले पार्टीभित्रको विवादका बावजुत डा. खतिवडालाई पुनः राष्ट्रिय सभाको सदस्यमा सिफारिस गरेका छन ।

२ महिनाअघि पार्टी सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा पठाउने निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीले गौतमपत्नी तुलशा थापामगरलाई महिला तथा बालबालिका मन्त्री बनाउने तयारी गरेका छन । गौतमको साटो खतिवडालाइनै राष्ट्रियसभामा लैजाने ओलिले तयारी गरिसकेको बालुवाटार सुत्रले बताएको छ ।

पार्टीभित्र र बामदेव आफैले पनि राष्ट्रियसभा सदस्य बन्न इन्छा देखाएपनि गत शनिबार एक टेलिभिजनमा अन्र्तावार्ता दिँदै प्रधानमन्त्री ओलीले खतिवडाको पुर्ननियुक्तीको संकेत दिएका थिए । गौतमको साटो समानुपातिक सांसद रहेकी पत्नी तुलशालाई महिला बालबालिका तथा समाजकल्याणमन्त्रीको जिम्मेवारी दिने स्रोतले बजाएको छ ।

राष्ट्रियसभा सदस्य विहिन हुन लागेका अर्थमन्त्री डा. युवराज खतिवडालाई फेरी राष्ट्रिय सभामा ल्याएर अर्थमन्त्रीमा निरन्तरता दिने तयारीमा प्रधानमन्त्री रहेका छन । बुधबार पार्टीका अर्का अध्यक्ष प्रचण्डसंगको भेटमा ओलीले आफुले पुन खतिवडालाईनै अर्थमन्त्री बनाउन लागेको संकेत दिएका छन ।

प्रचण्डले पार्टी सचिवालयले गरेको निर्णय मान्न ओलीलाई आग्रह गरेका थिए । जवाफमा ओलीले आफुलाई काम गर्न सहज व्यक्तिलाई ल्याउने भन्दै प्रचण्डलाई कन्भिन्स गरेका थिए । आज बस्ने नेकपा सचिवालय बैठकमा राष्ट्रिय सभामा कसलाई लैजाने भन्ने बारेमा पनि छलफल हुने जनाइएको छ ।

ओलीका विकल्प

संभवत आज बस्ने सचिवालयमा ओलीले राष्ट्रिय सभामा कसलाई लैजानेभन्ने विषयनै प्रवेश गराउन चाँहदैनन । ओलीले ३ दिन अघिनै खतिवडालाई राष्ट्रियसभामा दोहोर्याउन राष्ट्रिपतीसमक्ष सिफारिस गरिसकेका छन । बालुवाटार सुत्रका अनुसार समय घर्कनसक्ने भन्दै ओलीले सोमबारनै खतिवडालाई पुन राष्ट्रियसभा सदस्य बनाउन सिफारिस गरिसकेका छन ।

ओलीले सचिवालय बैठकमा लफडा भएमा अर्थमन्त्री आफैसंग राख्नेछन । खतिवडालाई अहिले राष्ट्रियसभामा लैजान नसके राजिनामा गराउनेछन । पुन ः ६ महिने नियुक्ती दिएर अर्थमन्त्री बनाउने वा स्थीती सहज भएपछि राष्ट्रियसभामा लैजाने ओलीको तयारी छ ।

बामदेवलाई उपनिर्वाचनमा उठाएर प्रतिनिधिसभमा ल्याउने ओलिले बताएका छन । डोल्पाका सांसल धनबहादुर बुढालाई राजिनामा गराएर बामदेवलाई चुनाब लडाउने ओलिको योजना देखिन्छ । उता विगतदेखीनै खतिवडाको खेदो खन्दै आएका गौतम राष्ट्रियसभामा आएर उपप्रधानसहित अर्थमन्त्री बन्ने इच्छा देखाएका छन ।


प्रतिक्रिया दिनुहोस्