कुलमानबारे उर्जामन्त्रीले बल्ल मुख खोले, विहिबार पुर्ननियुक्ती हुने संभावना « Arthapath.com
२४ भाद्र २०७७, बुधबार

कुलमानबारे उर्जामन्त्रीले बल्ल मुख खोले, विहिबार पुर्ननियुक्ती हुने संभावना



काठमाडौं । उर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकारणको कार्यकारी निर्देशक कुलमान घिसिङको पुर्ननियुक्ती बारे मुख खोलेका छन । ३ साता अघिनै कुलमानको पुर्ननियुक्तीबारे सामाजीक सञ्जालमा भाइरल भएपछि उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पुनले पुर्न नियुक्ती हुने बताएका छन ।

भदौ २९ गते कार्यकाल सकिन लागेका कुलमान घिसिङको पुर्न नियुक्ती संभवत बिहिबार बस्ने मन्त्रिपरिषद बैठकले गर्ने छ । ४ वर्ष अघि देश लोडसेडिङले आक्रान्त बनेको अवस्थामा घिसिङले नेतृत्व सम्हालेपछि विद्युत प्राधिकरणलाई राम्रो उचाइमा पुर्याएका थिए । २७ अर्व नोक्सानमा रहेको प्राधिकरणलाई घिसिङले वार्षिक १० अर्व नाफा गर्न सक्ने अवस्थामा पुर्याएका छन ।

बुधबार उर्जामन्त्री पुनले गृह जिल्ला रोल्पाको लिवाङ पुगेर घिसिङको पुर्न नियुक्तीको खुलासा गरेका हुन । प्रेस सङ्गठन नेपाल जिल्ला शाखा रोल्पाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा घिसिङको पदावधि थप हुने बताए ।


प्रतिक्रिया दिनुहोस्