क्यूआर कोडबाट कारोवार बढाउन गभर्नर अधिकारीको आग्रह, सहुलियतपुर्ण कर्जा प्रवाह नभएकोमा चिन्ता « Arthapath.com
१४ पुष २०७७, मंगलवार

क्यूआर कोडबाट कारोवार बढाउन गभर्नर अधिकारीको आग्रह, सहुलियतपुर्ण कर्जा प्रवाह नभएकोमा चिन्ता



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोडमार्फत डिजिटल भुक्तानीलाई प्रभावकारी बनाउन सबै बैंकरहरुलाई आग्रह गरेका छन । मंगलबार बिहान नेपाल बैंकर्स संघको साधारणसभा उद्घाटन गर्दै अधिकारीले डिजिटल कारोवार बढाउन सबै बैंकलाई आग्रह गरेका छन ।

गभर्नर अधिकारीले सबै बैंकले क्यूआर कोड मार्फत आ–आफ्नो क्षेत्रमा डिजिटल भुक्तानीमा प्रथामिकता दिन आग्रह गरे । गभर्नर अधिकारीले अहिले राष्ट्र बैंकले अपनाएको पोलिसि लिवरल रहेको भन्दै सहुलियतपुर्ण कर्जा र रिफाइनान्सीङ प्रभावकारी नभएकोमा चिन्ता व्यक्त गरे । उनले अपेक्षा अनुसार सहुलियतपुर्ण कर्जा र रिफाइनान्सीङ नभएको भन्दै त्यसलाई बढाउन आग्रह गरे ।

बैंकर्स संघका अध्यक्ष भुवन दाहालको अध्यक्षतामा भएको कार्यक्रममा गभर्नर अधिकारीले मुलुकको १० औं गभर्नर सत्येन्द्रप्यारा श्रेष्ठलाई सम्मान गरेका छन । नेपालको निजी क्षेत्रको पहिलो नविल बैंकको अध्यक्षसमेत भैसकेका श्रेष्ठलाई सम्मान गरे ।

संघको साधारणसभाले उपाध्यक्षमा कृषि विकास बैंकका सीईओ अनिल उपाध्यय र सदस्यहरुमा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र नेपाल एसबीआई बैंकका दिपककुमार देलाई चयन गरेको छ । संघको साधारणसभा भर्चुअल माध्यमबाट भएको थियो ।


प्रतिक्रिया दिनुहोस्