सिवाईसी नेपाल लघुवित्तको आईपीओ रिजल्ट यी ४ तरिकाबाट हेर्न सकिन्छ, तपाईलाई पर्यो की ? « Arthapath.com
१५ बैशाख २०७९, बिहीबार

सिवाईसी नेपाल लघुवित्तको आईपीओ रिजल्ट यी ४ तरिकाबाट हेर्न सकिन्छ, तपाईलाई पर्यो की ?



काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । लघुवित्तको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल लक्ष्मणबाबु भवन काठमाडौंमा आज (बैशाख १५ गते, बिहीबार) बाँडफाँट सम्पन्न गरिएको हो ।

लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म २२ लाख ५ हजार ६३३ जनाले २ करोड ४५ लाख २० हजार १४० कित्ताका लागि आवेदन दिएका थिए । तर विभिन्न कारणले ३ हजार २७२ जनाको ३६ हजार ४९० कित्ता आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार २२ लाख २ हजार ३६१ जना आवेदकको २ करोड ४४ लाख ८३ हजार ६५० कित्ता मात्रै सदर अर्थात् भेरिफाई भएको छ । सोही आधारमा आईपीओ बाँडफाँट गरिएको हो ।

लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको छ । १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा ३६ हजार ९४८ जना आवेदकले मात्रै पाएका छन् । १० कित्ताका दरले बाँडफाँट गर्दा ८ कित्ता बाँकी रहन्छन् । बाँकी रहेका ८ कित्ता थप गरेर ८ जना आवेदकलाई ११ कित्ताका दरले दिईएको छ ।

लघुवित्तले बैशाख २ गते शुक्रबारदेखि बैशाख ६ गते मंगलबारसम्म चुक्ता पूँजीको ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ३ लाख ९५ हजार ३३६ कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याईएको थियो ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयर एनपी डबल बि माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न भईसकेकाले विभिन्न तरिकाले रिजल्ट हेर्न सकिन्छ । जस अनुसार बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट https://www.globalimecapital.com/ipo-fpo-share-allotment-check, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट र लघुवित्तको वेभसाइट https://cycnlbsl.org.np/ बाट हेर्न सकिने छ ।

रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोला

https://www.globalimecapital.com/ipo-fpo-share-allotment-check

https://meroshare.cdsc.com.np/#/login

https://iporesult.cdsc.com.np/

https://cycnlbsl.org.np/


प्रतिक्रिया दिनुहोस्