सर्वाधिक बोनश दिने टप थ्री प्राइम, इन्भेस्टमेन्ट र नविल बैंक, ११ बैंकले दिए औसतभन्दा बढी बोनस, (कसकाे कति ?) « Arthapath.com
२४ श्रावण २०७९, मंगलवार

सर्वाधिक बोनश दिने टप थ्री प्राइम, इन्भेस्टमेन्ट र नविल बैंक, ११ बैंकले दिए औसतभन्दा बढी बोनस, (कसकाे कति ?)



काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सबैभन्दा धेरै बोनश बाँड्ने बाणिज्य बैंकमा प्राइम कमर्शियल अगाडी आएको छ । कर्मचारीलाई औसत तलव दिने यो बैंक धेरै वर्षदेखि उच्च बोनस दिने बैंकको रुपमा देखिएको छ । बैंकले गत आवको नाफाबाट कुल कर्मचारी खर्चको ५१.८ प्रतिशत बोनश दिएको छ । यसपछि नेपाल इन्भेष्टमेण्ट बैंकले पनि ५० प्रतिशतभन्दा बढी बोनश दिएको छ । यो बैंकमा तुलनात्मक रुपमा तलव दर न्यून छ । इन्भेष्टमेण्टले ५०.३ प्रतिशत बोनश बाँडेको छ । त्यसपछि आकर्षक तलब सुविधा दिने नबिल बैंकले ४०.८ प्रतिशत बोनश बाँडेको छ ।

स्ट्याण्डर्डचार्टर्ड, राष्ट्रिय बाणिज्य बैंक, ग्लोबल आईएमई, हिमालयन, एनएमबी, सानिमा, बैंक अफ काठमाडौं र मेगा बैंकले औसतभन्दा बढी बोनश बाँडेका छन् । सबै बाणिज्य बैंकको औसत बोनस दर भने २५.७ प्रतिशत छ । यो सर्वाधिक बोनश बाँड्ने प्राइम बैंककोभन्दा आधा कम हो । बाणिज्य बैंकहरुमा सबैभन्दा कम बोनश बाँड्ने चाहीँ कृषि विकास बैंक भएको छ । यस बैंकले १६.१ प्रतिशत बोनश बाँडेको छ । त्यसपछि लक्ष्मी बैंकले १६.२ र प्रभू बैंकले १६.७ प्रतिशत बोनश दिएका छन् ।

नेपाल एसबीआईले १६.९, एनआईसी एसियाले १८.७ र सनराइजले १९.६ प्रतिशत बोनश दिएका छन् । सेञ्चुरी, माछापुच्छ्रे, कुमारी, नेपाल बैंक, सिद्धार्थ, एनसीसी र सिटिजन्स बैंकले २० देखि २५ प्रतिशतसम्म बोनश दिएका छन् । एभरेस्ट बैंकले औसतकै हाराहारी २५.६ प्रतिशत बोनश दिएको छ ।

कर्मचारीलाई तवल सुविधा नै बढी दिने, तलब कम दिएर बोनश बढी दिने वा तलव र बोनस दुबै बढी दिने भिन्दाभिन्दै रणनीतिमा बैंकहरु देखिन्छन् । यसमा अर्को पाटो चाहीँ उच्च तह र तल्लो तहका कर्मचारीबीच हुने तलवमानको अन्तर हो । कतिपय बैंकले तल्लो तहका कर्मचारीलाई थोरै सुविधा दिएर पनि खर्च कटौति गरेका हुन्छन् । यस्ता भिन्न पाटोका आधारमा मात्रै कुन बैंकले कर्मचारीलाई राम्रो सुविधा दिएको छ भनेर मूल्यांकन गर्नुपर्ने बैंकर बताउँछन् । ताकी, खालि बोनसको प्रतिशत हेरेर होइन ।


प्रतिक्रिया दिनुहोस्