श्रृजनशील लघुवित्तको आईपीओ : भाग्यमानी ३६ हजार ८५९ जनाले पाउनेछन् सेयर, बाँडफाँट कहिले ? « Arthapath.com
२४ भाद्र २०७९, शुक्रबार

श्रृजनशील लघुवित्तको आईपीओ : भाग्यमानी ३६ हजार ८५९ जनाले पाउनेछन् सेयर, बाँडफाँट कहिले ?



काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँटका लागि तयार थालिएको छ । कम्पनीको आइपीओ अर्को साता बाँडफाँट गर्ने तयारी रहेको छ ।

बिहीबार अर्थात भदौ २३ गते प्रि–अलमेन्ट सकिएको र अर्को साता मात्रै बाँडफाँट गर्ने तयारी गरेको कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले अर्थपथलाई जानकारी दिएको छ ।

गत भदौ १५ गतेदेखि निष्काशन गरेको कम्पनीको आईपीओमा १९ लाख ५ हजार १८६ जनाको आवेदन परेको छ । कम्पनीको आईपीओमा माग भन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट १०कित्ताका दरमा सेयर वितरण हुनेछ ।

गोलाप्रथाबाट वितरण गर्दा रितपूर्वक आवेदन दिने भाग्यमानी ३६ हजार ८५९ जनाले मात्रै कम्पनीको सेयर पाउनेछन् भने बाँकी १८ लाख ७० हजार आवेदको हात रित्तो हुने देखिएको छ ।

कम्पनीले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो ।

३ लाख ९३ हजार ७५० कित्ता मध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४७० कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्तासामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ६८ हजार ५९० कित्ता सेयरमा मात्रै सर्वसाधारणलाई छुट्याएको हो ।

Tags :

प्रतिक्रिया दिनुहोस्