बैंकमा सर्वसाधारणकोे बचत ३१ खर्ब बढी, एक जना नेपालीले मात्रै राख्छन् साढे १० लाख « Arthapath.com
९ कार्तिक २०७९, बुधबार

बैंकमा सर्वसाधारणकोे बचत ३१ खर्ब बढी, एक जना नेपालीले मात्रै राख्छन् साढे १० लाख



काठमाडौं । नेपाली जनताले बैंकहरुमा ३१ खर्ब रुपैयाँ भन्दा बढी रकम जम्मा गरेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको भदौं मसान्तसम्म बर्तमान आर्थिक तथा वित्तिय स्थिती बिषयक प्रतिवेदनले यस्तो देखाएको हो ।

भदौं मसान्तसम्म बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा कुल ५० खर्ब ९० अर्ब रुपैयाँ भन्दा बढी रकम निक्षेप बापत जम्मा भएको छ । त्यसमा व्यक्तिगत निक्षेप (जनताले जम्मा गरेको रकम) ३१ खर्ब ६ अर्ब २० करोड रुपैयाँ रहेको छ । बैंकको निक्षेपमा व्यक्तिगत निक्षेपको हिस्सा बढी पनि रहेको छ ।

गत आर्थिक बर्षको भदौ मसान्तसम्म बैंकमा नेपाली जनताको २७ खर्ब ४२ अर्ब ९ करोड रुपैयाँ निक्षेप थियो । त्योअनुसार पछिल्लो १ बर्षमा आम जनताले बैंकमा थप ३ खर्ब ६४ अर्ब १० करोड ७६ लाख रुपैयाँ रकम जम्मा गरेका छन् ।

एक नेपालीले कति गर्छन बचत कति ?

तथ्यांकअनुसार एक जना नेपालीले बैंक खातामा औसतमा १० लाख ६४ हजार ४२ रुपैयाँ रकम जम्मा गरेको देखिन्छ ।

बैंकहरुमा भएको कुल व्यक्तिगत निक्षेप र जनसंख्याको आधारमा एक जना नेपालीले औसतमा सो बराबरको निक्षेप बैंकमा राखेको देखिन्छ ।

कहाँबाट कति निक्षेप ?

राष्ट्र बैंककाअनुसार बैंकमा विदेशी निक्षेप ९९ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । यस्तै, स्थानीय सरकारले ८९ अर्ब ६३ करोड बैंकमा राखेका छन् ।

यसैगरि बीमा कम्पनी, कर्मचारी सञ्चय कोष जस्ता गैर बंैकिङ सस्थाहरुले कुल ८ खर्ब ११ अर्ब २६ करोड निक्षेप राखेका छन् ।

यस्तै, सरकारी संस्थानहरुले ३ खर्ब १५ अर्ब ४ करोड रुपैयाँ, निजी सस्थानले ३ खर्ब ४४ अर्ब ४१ करोड रुपैयाँ निक्षेप राखेका छन् । साथै, अन्तर बैंक निक्षेप भने ५१ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।

यसैगरि गैर नाफा मुलुक संस्थाहरुले १ खर्ब ७१ अर्ब १७ करोड निक्षेप राखेका छन् । साथै, अन्य माध्यमबाट १ खर्ब १ अर्ब ४२ करोड निक्षेप संकलन भएको छ ।


प्रतिक्रिया दिनुहोस्